सरकारले एक महिनाको लागि शहरी क्षेत्रमा बस्नेहरुका लागि घर भाडा छुट दिने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको मारमा परेकाल घर भाडा छुट गर्न घरबेटीहरुलाई आग्रह गर्ने र घरबाहल करमा छुट दिने निर्णय गरेको हो।
कोरोनाले विश्व समुदायनै आक्रान्त बनिरहेका बेला फाईदा घाटा भन्दा पनि मानवीयता देखाउन सबै नागरिकलाई आग्रह समेत गरेको छ ।