कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा स्पेनमा मात्रै ८ सय २१ जनाको मृत्यु भएको छ । योसंगै स्पेनमा ६ हजार ८ सयको मृत्यु भएको छ भने, संक्रमितको संख्या ८० हजार नाघेको छ।
त्यस्तै अमेरिकामा पनि कोरोनाको संक्रमण तिब्र गतिमा फैलिएको छ । अमेरिकामा हिजो २ सय ५५ जनाको मृत्यु भएको छ । योसंगै त्यहाँ मृत्यु हुनेको संख्या २ हजार ४ सय पुगेको छ भने १ लाख ४१ हजार ८ सय जना संक्रमित भएका छन् ।
कोरोनाको धेरै चपेटामा परेको इटलीमा मृत्यु हुनेको संख्या इटलीमा १० हजार ७ सय नाघेको छ। संक्रमितको संख्या ९७ हजार ६ सय पुगेको छ।
त्यस्तै जर्मनीमा संक्रमितको संख्या ६२ हजार पुगेको छ भने फ्रान्समा संक्रमितको सुंख्या ४० हजार नाघेको छ ।
अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर ३३ हजार ९ सयका मृत्यु भएको छ भने, संक्रमितको संख्या ७ लाख नाघेको छ । उपचारपछि निको हुने मानिसको संख्या १ लाख ५१ हजार पुगेको छ।