logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सल्यानमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखा परेपछि अस्पताल भर्ना


अंकुरण खबर
871
Shares

वनगाड कुपिण्डे नगरपालिका-१२ निगालचुला माझखर्कमा एकै घरका पाँच जनामा कोरोनासँंग मिल्दोजुल्दो लक्षण देखा परेपछि जिल्ला अस्पताल सल्यानमा भर्ना गरिएको छ ।

बिरामी भएको ६ दिनपछि उनीहरुलाई आइतबार सल्यान अस्पतालमा भर्ना गरिएको हो। भारतमा मजदूरी गरेर यही चैत १० गते घर फर्किएका ३६ वर्षीय पुरुषलाई घर पुगेपछि ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्न शुरु गरेको थियो ।

उनलाई ज्वरो निको हुनाको साटो घरमा रहेका २७ वर्षीया श्रीमती, ११ र पाँच वर्षीया छोरी तथा आठ वर्षीय छोरालाई समेत ज्वरो आउन थालेपछि उनीहरुलाई सल्यान अस्पतालमा रहेको आइसोलेशनमा भर्ना गरिएको सल्यान अस्पतालका प्रमुख डा अर्जुनकुमार बुढाले जानकारी दिए ।

जिल्ला अस्पताल सल्यानको आइसोलेशन वार्डमा राखेर उपचार गरिएका पाँचै जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनीहरुलाई कोरोनाको लक्षण देखिएपछि सवैको स्वाब परीक्षणका लागि संकलन गरेर पठाउने तयारी भइरहेको जनाइएको छ ।