logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनासँग लक्षण मिलेको भन्दै अस्पतालले उपचार गर्न नमान्दा बिरामीको मृत्यु


अंकुरण खबर
702
Shares

कोरोनासँग लक्षण मिलेको भन्दै वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमानेर फिर्ता पठाएका बारा कलैयाका २५ वर्षीय विजय कुशवाहको मृत्यु भएको छ ।

नेशनलले भर्ना गर्न नमानेपछि आफन्तले उपचारका लागि काठमाडौं ल्याउँदै गर्दै कुशवाहको बाटैमा मृत्यु भएको हो ।

कुशवाहलाई काठमाडौंको त्रिवि शिक्षण अस्पताल पु¥याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । नेशनलले उपचार नहुने भन्दै टेकु अस्पताल लैजान भनेको थियो ।