logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बुटवलको आइसोलेसनमा निधन भएका थापाको स्वाब परीक्षणको आयो यस्तो नतिजा


अंकुरण खबर
858
Shares

बुटवलस्थित अस्थायी आइसोलेसनमा निधन भएका ३४ वर्षीय बिरामीको पहिलो स्वाब परीक्षण नतिजा कोरोना ‘नेगेटिभ’ आएको छ ।

चैत ८ गते दुबईबाट नेपाल आएका सैनामैनाका ३४ बर्षका बाबुराम थापा ज्वरो आएपछि १३ चैतमा उक्त अस्पतालमा भर्ना भएका थिए। आइसोलेसनमा रहेका उनको हिजो निधन भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको पहिलो टेष्टमा उनमा कोरोना नेगेटिभ देखिएको हो ।

मृतक बिरामी उच्च शंकास्पद भएकाले उनको स्वाब दोस्रो पटक परीक्षण थालिएको बताइएको छ ।