logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको आशंकामा वीर अस्पतालको आइसोलसन कक्षमा उपचाररत एक युवतीको मृत्यु


अंकुरण खबर
780
Shares

कोरोना भाइरसको आशंकामा बीर अस्पतालको आइसोलसन कक्षमा उपचाररत एक युवतीको मृत्यु भएको छ ।

अधिक ज्वरो आएपछि काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ तिनथानाकी ३८ बर्षीया युवतीलाई भर्ना गरेर राखिएको थियो । ज्वरो आएपछि एकसाता अघि उनी सतुंगलस्थित ओम समाज अस्पतालमा उपचारका लागि पुगेकी थिइन् ।

अस्पतालले वीरमा रिफर गरेपछि उनी वीर अस्पताल पुगेकी थिइन । उनको कोरोना पुष्टि भने भएको छैन ।