logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानमा ह्वात्तै बढ्यो कोरोना भाइरसको प्रकोप


अंकुरण खबर
1.001K
Shares

चीनको नजिक भएर पनि लामो समय कोरोना भाइरसको संक्रमण धेरै नदेखिएको जापानमा पछिल्ला केही दिनयता खतराको संकेत देखिन थालेको छ।

जापानमा एकै दिन धेरै मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएसँगै खतरा बढेको हो। जापानमा कोरोनाभाइरस परीक्षण सुविधा विस्तार नगरिएकोले भाइरस फैलिएको हुन सक्ने चिन्ता व्यक्त गरिएको थियो।

राजधानी टोक्योमा एकै दिनमा सर्वाधिक धेरै व्यक्तिमा कोरोनाभाइरस पाइएको छ। त्यहाँ ६८ जनामा सङ्क्रमण भएको पुष्टि भएको हो। जापानभरि कुल १७३ जानमा सङक्रमण देखिएको छ। छिमेकी दक्षिण कोरिया र चीनमा जस्तो जापानमा भाइरसबाट जोगिन धेरै सावधानीका उपायहरू अवलम्बन नगरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

घरमै बस्न गरिएको अनुरोधलाई धेरै टोक्योवासीहरूले बेवास्ता गरिरहेको पाइएको छ। एक प्रख्यात जापानी हास्य कलाकार केन शिमुराको पनि कोरोनाभाइरसका कारण ज्यान गएको खबर छ। उनी ७० वर्षका थिए। यसैबीच जापानी सञ्चारमाध्यमले विदेशी नागरिकहरूलाई देश भित्रिन नदिने घोषणा सरकारले गर्न सक्ने बताएका छन्।

यसअघि नै चिनियाँ र दक्षिण कोरियाली नागरिकलाई जापान आउन निषेध गरिएको छ। अब युरोप र अमेरिकाबाट आउनेलाई पनि निषेध गर्ने सम्भावना छ। बीबीसी