स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो विषम परिस्थितिमा हरेक मृत्युलाई कोरोना भाइरससँग नजोड्न आग्रह गरेको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सल्लाहकार डा.खेम कार्कीले अहिले कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभयो भनी अफवाह फैलाउदा त्रास अझ बढ्ने भएकाले सबैलाई संयाम्ता अप्नाउन आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा उनले भने अहिले ‘ नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको छ र स्थानीय तथा समुदाय स्तरमा फैलिएको छैन्। संकास्पद बिरामीको मृत्युमा पनि सबैको रिपोट नेगेटिभ आएको छ ।’
अहिलेको मौसम रुघाखोकी लाग्ने मौसम भएकाले पनि मौसमी रुघाखोकी लक्षण देखा पर्दा नडराई घरमै बसेर उपचार गर्न मन्त्रालयले पटक पटक आग्रह गर्दै आएको छ ।