सर्वोच्च अदालतले दैनिक ज्यालादारीमा मजदुरी गर्ने व्यक्तिहरूलाई तत्काल राहत उपलब्ध गराउन आदेश दिएको छ । आज न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले लकडाउनको समयमा मजदुरहरुले राहत लिन आउन सम्भव नभएकाले उनीहरूc पहिचान गरी राहत उपलब्ध गराउन आदेश दिएको हो ।
कोरोनाको महामारीका कारण लकडाउन गर्दा दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने व्यक्तिहरूले खान पाउनबाट वञ्चित हुनु परेको भन्दै अधिवक्ता विष्णु लुइँटेलले निवेदन दिएका थिए । उक्त निवेदनमा सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
यसको प्रवन्ध मिलाउन सबै तहका सरकारबीच समन्वय गर्न पनि सर्वेच्चको आदेशमा उल्लेख गरिएको छ ।