मंगलबार (आज) बिहान रामेछापको खाँडादेवी–१ राकाथुममा जीप दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।
भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जीप सडकदेखि करिब १ सय मिटर तल खस्दा ३० जना घाइते भएका हुन् ।
लकडाउनको समय अवधि बढेपछि जीपको पास बनाएर उनीहरु गाँउ फर्किएका थिए । दुर्घटनामा घाइतेहरुलाई धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।