logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अस्पतालले बिरामी फर्काउन थालेपछि सरकारले दियो यस्तो निर्देशन


अंकुरण खबर
1.586K
Shares

सरकारले मुलुकभरका सबै मेडिकल कलेज, शिक्षण अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल, प्रदेश मातहतका सबै अस्पतालमा कोरोना भाइरस (कोभिड–१९ ) को उपचार गर्न निर्देशन जारी गरेको छ ।

ती स्वास्थ्य संस्था सबैलाई अनिवार्य रुपमा कोभिड क्लिनिक तथा आकस्मिक सेवा साविक बमोजिम नै सञ्चालन गर्न पनि सरकारले निर्देशन दिएको छ ।

मेडिकल कलेज र अस्पतालले सामान्य ज्वरो आएका बिरामीलाई समेत उपचार नगरी फिर्ता पठाइदिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाद्वारा जारी विज्ञप्तिमा सेवा प्रदान गर्दा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, बिरामी र बिरामीका आफन्तहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर आवश्यक व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन जारी गरेको छ ।