logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृह मन्त्रालयको आग्रह – ‘फ्रेश’ हुने बहानामा घरबाहिर निस्केर जमघट नगर्नु


अंकुरण खबर
715
Shares

सरकारले ‘लकडाउन’का बेला पालना गर्नुपर्ने अनुशासनको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

लकडाउनका बेला घरमै बस्नुपर्ने भए पनि फाट्टफुट्ट उल्लङ्घन भएको भन्दै गृह मन्त्रालयले नियमको पूर्ण कार्यान्वयन गर्न अनुरोध गरेको हो ।

सरकारको आदेश पालना नगर्ने, अति आवश्यक बाहेक पनि यात्राका लागि पास माग्ने र प्रशासनमा दबाब दिने जस्ता काम नगर्न गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले आग्रह गरे।

अहिले अरु बेलाभन्दा फरक अवस्था रहेको भन्दै उनले मर्निङ वाक, इभिनिङ वाक, सरसामग्री किनमेल, आफन्त भेटघाट जस्ता काम पनि नगर्न उनले अनुरोध गरेका छन् । दिनभर घरभित्रै बस्ने तर बिहान बेलुका ‘फ्रेश’ हुने बहानामा बाहिर निस्कने र जमघट हुने गर्दा पनि कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको जोखिम बढ्ने उनको भनाइ छ ।

सरकारले लकडाउनको समय थप एक हप्ता लम्ब्याएको छ । लकडाउनका बेला सुरक्षाकर्मीलाई छलेर हिँडडुल नगर्न र संयमित रहन पनि गृह मन्त्रालयले आग्रह गरेको छ ।