बलिउड अभिनेता सलमान खानको परिवार शोकमा डुबेको छ। सलमानका फूपूका छोरा अर्थात सलमानका नाता पर्ने भाइ अब्दुल्ला मिर्जाको निधन भएको छ।
सलमान खानले सामाजिक सञ्जाल ट्वीट मार्फत एक पोस्ट सार्वजनिक गर्दै उक्त कुराको जानकारी गराएका हुन्। उनले आफ्नो र भाइको एक ब्ल्याकिङ ह्वाइट तस्वीर पनि सार्वजनिक गरेका छन्। उनले तस्वीरको क्याप्सनमा लेखेका छन्, तिमीलाई सधै माया गरिरहनेछौँ ।
अब्दुल्ला सलमानका पिता सलिम खानका बहिनीका छोरा हुन्। अब्दुल्लाको केही समयदेखि स्वास्थ्यमा समस्या देखिएको थियो। उनी लामो समयदेखि कलेजोको समस्याबाट पीडित थिए।
उनको मुबंईको कोकिलाबेन अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही समयअघि सलमान पनि उनलाई भेट्न अस्पताल पुगेका थिए।
Will always love you… pic.twitter.com/bz0tBbe4Ny
— Salman Khan (@BeingSalmanKhan) March 30, 2020