रामेछापको खाँडादेवी- १ राकाथुममा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका दोरम्बा गाउँपालिका-३ का ४० वर्षीय गोपीलाल पहरी र सोही गाउँपालिका वडा नम्बर-२ की २५ वर्षीया संगीता पहरीको उपचारको क्रममा मृत्यु भएको हो ।
गोपीलालको शिर मेमोरियल अस्पताल बनेपा र संगीताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी बिक्रमकुमार थापाले जानकारी दिए ।
भक्तपुरबाट रामेछापको दोरम्बातर्फ जाँदै गरेको बा १४ च ९४९८ को जीप सडकदेखि करिब १ सय मिटर तल खस्दा ३० जना घाइते भएका थिए ।