भक्तपुरको सूर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ ।
सुर्यबिनायक चोकमा आज बिहान गुलेली र चक्कु बोकेर आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा स्थानीय सुदिप क्षेत्रीले प्रहरीमाथि चक्कु प्रहार गरेका हुन् ।
चक्कु प्रहारबाट महानगरीय प्रहरी बृत जगातीमा कार्यरत प्रहरी हवल्दार केशरसिह रावतको गालामा चोट लागेको छ ।
प्रहरीले क्षेत्रीलाई तत्काल गुलेली र चक्कु सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।