logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भक्तपुरमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला


अंकुरण खबर
1.95K
Shares

भक्तपुरमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ ।

मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक अस्पतालको पछाडी हनुमन्ते खोलामा सोमबार दिउँसो एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको हो ।

उनको परिचय भने खुल्न नसकेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

महिलाको खोलाको किनारमा टाउको बेगरको लाश रहेको, मृतक लाश सडे गलेको अवस्थामा रहेको र मृतक लाशको हिप, हात खुट्टाको भागमा कुनै जनावरले खाएको जस्तो देखिएको तथा बाँया हातको नाडीमुनिको भाग नभएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि त्रि।बि। शिक्षण अस्पतालमा पठाईएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।