logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

वीर अस्पतालमा उपचारका क्रममा निधन भएकी महिलामा कोरोना संक्रमण नभएको पुष्टि


अंकुरण खबर
1.001K
Shares

वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको अस्पतालले जनाएको छ । चन्द्रगिरी नगपालिका, सतुंगलकी ३४ वर्षीया महिलालाई निमोनिया भएको भन्दै आइतबार अस्पताल लगिएको थियो ।

तर उपचारका क्रममा मृत्यु भएपछि कोरोना संक्रमण भए नभएको परीक्षण गरिएको थियो ।