बेलायत सरकारले नेपालमा रहेका बेलायती नागरिकलाई फिर्ता लैजाने भएको छ ।
यसका लागि वायुसेवा कम्पनीसँग कुरा भइरहेको नेपालका लागि बेलायती राजदूत निकोला पोलितले जानकारी दिइन् ।
संसारभर रहेका लाखौं बेलायती नागरिकलाई उनीहरुको घरसम्म पुर्याउने दायित्व सरकारले पूरा गर्ने भन्दै उनले नेपालबाट पनि उपयुक्त समयमा आफ्नो नागरिकलाई घर फिर्ता लैजाने बताइन् ।
बेलायतले निःशुल्क भने आफ्ना नागरिकलाई घर लैजाने छैन । यात्रु स्वयंले टिकट काट्ने गरी उडानको व्यवस्थापन भइरहेको उनको भनाइ छ ।
काठमाडौं बाहिर रहेका बेलायतीलाई काठमाडौंमा सुरक्षित राख्ने व्यवस्था भएको र आफूले नेपाल सरकार तथा बेलायत सरकारसँग नजिकमा रहेर काम गरिरहेको उनले उल्लेख गरेकी छिन् ।
बेलायतले आफ्नो नागरिकलाई कहिले लैजाँदैछ भन्ने बारे खुलाइएको छैन् ।