काठमाडौंको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएका पुरूषमा कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको हो । आइसियुमा उपचारका क्रममा मृत्यु भएका उनको नमूना परीक्षणका लागि सोमबार नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
उनी आइतबार अस्पताल भर्ना भएका थिए । धादिङ घर भएका उनी भारतबाट फर्किएका थिए । उनको रिपोर्ट नेगेटिभ आएको अस्पतालका निर्देशक डा। विष्णुप्रसाद शर्माले जानकारी दिए ।
उनको मल्टिअर्गान फेल भएको र अस्पताल ढिला आएका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका बाँकी तीन जनाको रिपोर्ट पनि नेगेटिभ आएको बताइएको छ । सोमबार थप तीन जना कोरोनाको आशंकामा अस्पताल भर्ना भएका थिए ।