logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आयल निगमद्वारा घुम्ती सेवामार्फत एलपी ग्यास वितरण गर्दै


अंकुरण खबर
806
Shares

नेपाल आयल निगमले लकडाउनको समयमा खाना पकाउने एलपी ग्यास नपाएका सामान्य उपभोक्तालाई घुम्ती सेवामार्फत ग्यास वितरण सुरु गरेको छ ।

आजदेखि चक्रपथ भित्र र अस्पताल तथा आश्रम आसपासका ठाउँमा घुम्ती सेवामार्फत ग्यासको सिलिण्डर बिक्री गर्न थालेको निगमले जनाएको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार उपभोक्तालाई विभिन्न १२ वटा वर्गमा विभाजन गरी ग्यास वितरण थालिएको छ ।

अति आवश्यक पर्ने उपभोक्ताले तोकेको सम्पर्क नम्बरमा सम्पर्क गरेर ग्यास लिनसक्ने उनले बताए । यस्तै, निःशुल्क खाजा खुवाउने ठाउँ वा व्यक्ति, सरकारले तोकेको क्वरेन्टीन तथा अत्यावश्यक काममा खटिएका मजदूर र कर्मचारीलाई घुम्ती सेवामार्फत ग्यास वितरण गरिने निगमले जनाएको छ ।

निगमले ग्यासको आवश्वश्यकता परेमा ४२६४६००, ४२६३४८५,  र ९८४७९५३१६३ मा सम्पर्क गर्न आग्रह पनि गरेको छ ।