logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बनेपामा ‘लकडाउन’ उल्लघंन गर्ने ८५ जना पक्राउ


अंकुरण खबर
780
Shares

प्रहरीले मंगलबार ‘लकडाउन’ उल्लघंन गर्ने ८५ जनालाई बनेपाबाट नियन्त्रणमा लिएको छ ।

उनीहरुलाई बनेपा बजारको विभिन्न ठाँउबाट ‘लकडाउन’ उल्लघंन गरिरहेको बेला नियन्त्रमा लिइएको हो ।

नियन्त्रमा लिएकाहरुलाई पानी खाजा खुवाउदै चौरमा राखेर कोरोना भाइसर ९कोभिड–१९० को बारे जानकारी दिएर ३ घण्टापछि छोडिने इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

प्रहरीले देशभर लकडाउन उल्लघंन गर्नेलाई कोरोना भाइरसको बारेमा सडकै राखेर कक्षा लिदै छोड्दै आएको छ ।