logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अहिलेसम्म नेपालमा विदेशबाट आएका व्यक्तिमा मात्रै कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी


अंकुरण खबर
1.144K
Shares

अहिलेसम्म नेपालभित्रै कोरोना सङ्क्रमण नभएको र विदेशबाट आएकाकोमा मात्रै भाइरस देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार राजधानीका पाटन र वीर अस्पतालमा मृत्यु भएका तीन जनामा कोरोनाको संक्रमण नरहेको पुष्टि भएको जनाएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको छ ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो कुराको जानकारी दिएका हुन् । सोमबार वीरमा २ र पाटनमा १ जनाको मृत्यु भएको थियो । देवकोटाले ज्वरोको बिरामी आउनासाथ कोरोनाको संक्रमण भएको जसरी उपचार नहुने गरेको गुनासो समेत आउने गरेको भन्दै त्यस्तो नगर्न भन्दै सबै पक्षसँग अनुरोध समेत गरेका छन् ।