logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

निजी अस्पताललाई सर्वोच्चको आदेश :कोरोना संक्रमित बिरामी आए बिना सर्त उपचार गर


अंकुरण खबर
728
Shares

कोरोना संक्रमित बिरामीको उपचारबाट नपन्छिन निजी अस्पताललाई सर्वोच्च अदालतले आदेश दिएको छ।

अधिवक्ता पुष्पराज पौडेललगायतले दायर गरेको रिटमाथि मंगलबार सुनुवाइ गर्दै सर्वोच्चले कोरोनाको उपचारबाट पन्छिन नमिल्ने र रोगीको उपचार गर्नु सबै स्वास्थ्य संस्थाको उत्तिकै जिम्मेवारी हुने बताएको हो।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले स्वास्थ्य उपचारको हक नागरिकको मौलिक हकको विषय भएको भन्दै कुनै पनि बहानामा नपन्छिन आदेश दिएको छ।

निजी अस्पताललाई उपचार गर्न अस्वीकार गर्नुको कारण १५ दिनभित्र पेश गर्न र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने उपचार सामग्रीको व्यवस्था गर्न सरकारलाई आदेश दिएको छ।

नागरिकलाई स्वास्थ्योउपचार गरी महामारीबाट जोगाउन निजी स्वास्थ्य संस्थाको पनि उत्तिकै जिम्मेवारी हुने भएकाले विपतमा दायित्वबाट विमुख हुने अधिकार नरहेको सर्वोच्चको ठहर छ।

नेपालको संविधानको धारा १६ ९१० ले सबै नागरिकलाई सम्मान पूर्वक बाँच्न पाउने हकको प्रत्याभूति दिएको छ।