logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अब भक्तपुर नगरपालिकामा घर बाहिर निस्कन अनुमति पत्र लिनु पर्ने


अंकुरण खबर
741
Shares

कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट नगरवासीलाई जोगाउन भक्तपुर नगरपालिकाले घर बाहिर निस्कन अनुमति पत्र लिनु पर्ने निर्णय गरेको छ ।

भक्तपुर नगरपालिकाले लकडाउन घोषणा गरिएको समयावधिमा अत्यावश्यक कार्यका लागि मात्र एक घरबाट एकजना मात्र बाहिर निस्कन सकिने गरी वडा कार्यालयहरु मार्फत अनुमति पत्र वितरण गर्ने निर्णय गरेको हो ।

तरकारी र खाद्यान्न पसलमा पनि हुलका हुल जान थालेपछि घर बाहिर निस्कन पनि पास लिनु पर्ने निर्णय गर्नु परेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।

नगरपालिकाले एक घर धुरी एक पासको व्यवस्था गरेको छ । पास बिना घर बाहिर निस्कने व्यक्तिलाई कारवाही गर्न नगरपालिकाले प्रशासन कार्यालयमा पत्राचार समेत गरेको नगरप्रमुख प्रजापतिले बताए ।

नगरपालिकाले तरकारी बजार समेत व्यवस्थित गर्न खुल्ला स्थान तथा प्रत्येक वडाहरुमा बजार बिहान तीन घण्टा र बेलुकी २ घण्टा खोल्ने निर्णय गरेको छ ।

यस्तो पास भक्तपुरका करिब २० हजार घरघुरीलाई वितरण गर्ने नगरप्रमुख प्रजापतिले जानकारी दिए ।