logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाले ४२ हजार भन्दा धेरैको मृत्यु, चीनमा नयाँ संक्रमण देखिएन


अंकुरण खबर
1.534K
Shares

विश्वमा महामारीको रुप लिएको कोरोना भाइरसका कारण अहिलेसम्म ४२ हजार १ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या १ लाख ७८ हजार ९९ पुगेको छ ।

पछिल्लो समय सबै भन्दा धेरै अमेरिकामा यसको संक्रमण बढेको छ । अमेरिकामा ३ हजार ८ सय ६१ जनाको मृत्यु भएको छ भने, १ लाख ८७ हजार ३ सय ४७ जना संक्रमित भएका छन् ।

इटालीमा १२ हजार ४ सय २८ जनाको मृत्यु भएको छ भने १ लाखभन्दा बढी मानिसमा संक्रमण देखिएको छ । स्पेनमा कारोना संक्रमणका कारण थप ७ सय ४८ जनाको मृत्यु भएसँगै त्यहाँ हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ। यस्तै जर्मनिमा थप १ सय ३०, फ्रान्समा ४ सय ९९, इरानमा १ सय ४१, बेलायतमा ३ सय ८१ तथा नेदरल्याण्डमा १ सय ७५ जनाको मृत्यु भएको छ।

त्यस्तै भारतमा मृत्यु हुनेको संख्या ३५ पुगेसंगै संक्रमतिको संख्या बपी बढेको छ ।

उता चीनमा भने पछिल्लो २४ घण्टामा नयाँ संक्रमित कुनै पनि व्यक्ति भेटिएका छैनन् । चीनको हुवान लगाएतका शहरहरु विस्तारै खुल्दै गएका छन् ।