अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अमेरिकामा मात्रै एकदेखि दुई लाखसम्मको मृत्यु हुने बताएका छन् ।
अमेरिकी कोरोना भाइरस सम्बन्धी उच्च स्तरीय टास्क फोर्सका सदस्यसँगको छलफलपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यस्तो बताएका हुन्।
पत्रकार सम्मेलनमा ट्रम्पले यो महामारी अब करिब एक महिनासम्म सकिने दाबी गरे । तयस्तै भाइरस सम्बन्धी उच्चस्तरीय समितिका संयोजक डा. डेबोरा ब्रिक्सले यो अवस्थामा अधिकतम दुई लाख मानिसले ज्यान गुमाउने खतरा रहेको बताए। कार्यक्रममा उपस्थित व्यक्तिहरुले घर बाहिर निस्कदा अनिवार्य माक्स लगाउन र सामाजिक दुरी कायम गर्न आग्रह गरे ।
यसभन्दा अघि अमेरिकाले आफ्ना नागरिकलाई अनिवार्य रुपमा मास्क लगाउन भनेको थिएन।
अमेरिकामा तिव्र रुपमा फैलिएको यो भाइरसलाई रोक्न सबै तरिका अवलम्वन गर्ने जनाइएको छ । ट्रम्पले यो घातक भाइरससँग आफ्नो पूरै तागतका साथ युद्ध लडिरहेकाले धेरै समय टिक्न नसक्ने तर उच्च सावधानी अप्नाउन अनुरोध गरे । एजेन्सीको सहयोगमा