logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउन उल्लंघन गर्ने क्रम रोकिएन, बिहानै सयौंलाई प्रहरीले लियो नियन्त्रणमा


अंकुरण खबर
1.521K
Shares

सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने क्रम रोकिएको छैन। दैनिक सयौंलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ।

सुरुका केही दिन पक्राउ गरेर भ्यानमा हाली प्रहरी चौकी नै लैजाने गरिएकोमा अहिले भने प्रहरीले सडकमै उभ्याउने गरेको छ।

आज (बुधबार) पनि बिहानै सडकमा निस्किएका एक हजारभन्दा बढीलाई प्रहरीले सडकै उभ्याएको छ। उनीहरुलाई जहाँ भेट्यो त्यहीँ उभ्याएर सम्झाइ–बुझाइ गरी छाडिने गरेको प्रहरीले जनाएको छ।

सरकारको निर्णयअनुसार अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन प्रहरीले आग्रह समेत गर्दै आएको छ।