logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जुम्लामा कोराना भाइरस संक्रमणको आशंकामा गरिएका ४ जनाको ‘स्वाव’ रिपोर्ट ‘नेगेटिभ’


अंकुरण खबर
819
Shares

कोराना भाइरस संक्रमणको आशंका गरिएको चार जना बिरामीको नमुना परीक्षण नतिजा नेगेटिभ आएको छ ।

कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला रकालिकोट बाट पठाएका चार ओटा कोरोना शंकास्पद बिरामीको रिपोर्ट कोरोना नेगेटिभ देखिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार दिन देखि आइसोलेसनमा भर्ना भएका दुइ जना र तातोपानी गाउँपालिकाका लाम्रा रकालिकोटको नाग्म निगरानी केन्द्रमा बसेका एक एक जना गरि चारजनाको ‘स्वाव’ नमुना परिक्षणका लागि पठाइएकोमा रिपोट अनुसार कोरोना संक्रमण नभएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मंगल रावलले जानकारी दिएका छन् ।

चैत १७ गते परिक्षणका ४ वटास्वाब जुम्लाबाट पठाईएको थियो ।