logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरसको संक्रमणबाट निको भए १ लाख ७८ हजार बिरामी


अंकुरण खबर
858
Shares

कोरोना भाइरस संक्रमणका कारण विश्वमा बुधवार मध्याह्न सम्ममा ४२ हजार ३ सय ४० जनाको मृत्यु भएको छ ।

विश्वभर ८ लाख ५९ हजार ८०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अहिले सम्म विश्वमा १ लाख ७८ हजार ३ सय ३५ जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएका छन् ।

बुधवारसम्म अमेरिकामा ४ हजार ५५ जनाले ज्यान गुमाएका छन् भने १ लाख ८८ हजार ५९२ जनामा संक्रमण देखिएको छ । संक्रमितको हिसाबमा अमेरिका अबैभन्दा अगाडि रहेको छ । त्यस्तै मृत्युका हिसाबमा इटलीमा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

इटलीमा अहिले सम्म १२ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् भने त्यहाँ १ लाख ५७ हजार ९२ जनामा संक्रमण देखिएको छ ।

स्पेनमा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् भने चीनमा ३ हजार ३ सय १२ जनाले ज्यान गुमाएका छन् ।