भारत उत्तराखण्डमा एक नेपालीको झोलुङ्गे पुलबाट खसेर मृत्यु भएको छ ।
मजदुरी गर्न त्यहाँ पुगेका दार्चुला मार्मा गाउँपालिका–२ का ४२ वर्षीय अगबरसिंह ठगुन्नाको पुलबाट खसेर मृत्यु भएको हो ।
ठगुन्ना गाउँका अरुसँगै मजदुरीका लागि गत कात्तिकमा भारत गएका थिए । कोरोनाका कारण लकडाउन भएपछि घर फर्कन लागेका उनी पुलबाट खसेको आफन्तले जनाएका छन् ।
यसैबीच मृतकका आफन्तले लकडाउनका कारण शव ल्याउन समस्या भएको भन्दै सहयोगका लागि राजनीतिक नेतृत्व र स्थानीय प्रशासन आग्रह गरेका छन् ।