logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल एयरलाइन्स २६४ यात्रु बोकेर आज अस्ट्रेलिया उड्दै


अंकुरण खबर
884
Shares

नेपाल एयरलाइन्स आज पहिलोपटक अस्ट्रेलिया उड्दैछ । बुधबार साझ ५:३० मा २६४ यात्रु लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज अस्ट्रेलिया उड्न लागेको हो । जहाज अस्ट्रेलियाको बृस्बेनमा जान लागेको हो ।

नेपालस्थित अस्ट्रेलियाली दूतावासले आफ्ना नागरिकलाई स्वदेश फर्काउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेको हो । इतिहासमै पहिलोपटक अस्ट्रेलियाली आकाशसम्म सिधा उडान हुन लागेको नेपाल एयरलाइन्सका अपरेसन बिभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए ।

चीनको वाइडबडी जहाज बिहिवार चीनको ग्वाङ्झाउ जाँदैछ । नेपालका निजी व्यवसायीले चीनबाट मेडिकल सामग्री ल्याउन नेपाल एयरलाइन्सको जहाज चार्टर्ड गरेका छन् । नेपालमा लकडाउन लम्बिएको र अन्तर्राष्ट्रिय उडान समेत १५ दिन ठप्प भएपछि विकसित मुलुकहरुले धमाधम आफ्ना नागरिक फिर्ता लगिरहेका छन् ।