logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पोखरामा परीक्षण गरिएको ३ जनाको स्वाब नेगेटिभ


अंकुरण खबर
936
Shares

पोखरामा कोरोना भाइरसको आशंकामा गरिएको ३ जना बिरामीको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डाक्टर विनोदविन्दु शर्माका अनुसार पिसिआर मेसिन सञ्चालनमा ल्याएपछि ३ जना बिरामीको स्वाब जाँच गरिएकोमा तीनै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

मंगलबार स्वाब जाँच गर्न सुरु गरे पनि विभागमा पठाइ सकेपछि मात्रै बुधबार रिपोर्ट सार्वजनिक गरिएको हो । हिजो बेलुका ३ जना बिरामीको स्वाब जाँच गरिएकोमा तिनै जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

बुधबार भने स्वाब जाँच गर्नका लागि कोही पनि बिरामी नआएको उनले सुनाए । विभागले जाँच्ने रिपोर्ट र आफूहरुले जाँच गरेको रिपोर्टमा कुनै परक नभेटिएको उनले बताए ।

कोरोना जाँच गर्ने मेसिन हिजो मात्रै हेलिकप्टरबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको थियो ।