logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका १० पालिकालाई मेडिकल सामग्री सहयोग


अंकुरण खबर
1.326K
Shares

ऊर्जा, जलस्रोत तथा सिंचाईंमन्त्री वर्षमान पुनले रोल्पाका १० नगर र गाउँपालिकालाई मेडिकल सामाग्री सहयोग गरेका छन्।

विश्व यतिबेला कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । यसै क्रममा मन्त्री पुनले पिपिई सेट, थर्मल गन, मास्क पठाएको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल टुवीटरमार्फत सो कुराको जानकारी गराएका हुन् ।

मन्त्री पुनको यस्तो छ स्टाटस् :  “रोल्पाका १० पालिका अस्पताललाई आफ्नो तर्फबाट केही  पीपीई सेट ,थर्मल गन,मास्क पठाईयो, स्वास्थ्यकर्मीलाई अबस्य पनि थप हौसला मिल्नेछ ।”