logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना रोकथाम तथा उपचार कोषमा पुनर्बीमा कम्पनीको १ करोड सहयोग


अंकुरण खबर
845
Shares

नेपाल पुनर्बीमा कम्पनीले कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा सहयोग गरेको छ। कम्पनीले १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो।

सरकारले स्थापना गरेको कोषमा कम्पनीले पनि सहयोग गरेको कम्पनीका अध्यक्ष महेश गुरागाईँले जानकारी दिए। सरकारको ५० करोड रुपैयाँसहित स्थापना भएको कोषमा निजी क्षेत्र तथा विभिन्न संघ संस्थाले योगदान गरिरहेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहने कोषमा अर्थ मन्त्रालयले कही दिनअघि ५० करोड रुपैयाँ विनियोजन गरिसकेको छ।