logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुवेतमा एक जना नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि


अंकुरण खबर
845
Shares

कुवेतमा एक जना नेपालीमा कोरोना भाइरस (कोभिड-१९) पोजेटिभ देखिएको छ।

कुवेतको स्वास्थ्य मन्त्रालयले बुधबार उक्त कुरा पुष्टि गरेको हो। करिब ७० हजार नेपाली कार्यरत रहेको कुवेतमा पहिलोपटक नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुवेतमा २८ नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। जसमध्ये एक जना नेपाली नागिरक रहेको बताइएको छ।

यससैगै कुवेतमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३ सय १७ पुगेको मन्त्रालयले जनाएको छ। सङ्क्रमित नेपालीसहित सबैलाई क्वारेन्टाइनमा राखिएको जनाएको छ।