logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीसँगै आएका युवकमा देखिएन कोरोना


अंकुरण खबर
884
Shares

फ्रान्सबाट फर्किएकी कोरोना संक्रमित युवतीसँगै नेपाल आएका कञ्चनपुरका युवकको परीक्षणको रिर्पोट नेगेटिभ आएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका औलो रोग निरीक्षक तथा कोरोनाका सम्पर्क व्यक्ति सिद्धराज भट्टले परीक्षणपछि ती युवकको रिर्पोट नेगेटिभ आएको जानकारी दिएका हुन् ।

चैत ४ गते कतार हुँदै काठमाडौं पुगेकी युवतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि महाकाली नगरपालिका–१० का बब्लु सुनारको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाइएको थियो ।