logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राहत बाँड्ने क्रममा वीरगञ्जमा झडप, चार जना प्रहरी नियन्त्रणमा


अंकुरण खबर
897
Shares

लकडाउनले समस्यामा परेकाहरुका लागि राहत बाँड्ने क्रममा वीरगन्जमा झडप भएको छ ।

लकडाउनका बेला राहत सामग्री पाउने गरिब तथा विपन्न परिवारको सूची तयार गर्ने क्रममा वीरगञ्ज महानगरपालिका–१९ स्थित बरेवा गाउँमा दुई पक्षीबच झडप भएको हो ।

झडपमा १९ जना घाइते भएका छन् । घाइतेहरुको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ ।

महानगरले उक्त वडाका लागि राहत सामग्री बाँड्न १ लाख २५ हजार रुपैयाँ पठाउने निर्णय गरेको थियो । प्रहरीले झडपमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ ।