नेपाल आयल निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको मूल्य घटाएको छ ।
पेट्रोलको मूल्य १० रूपैयाँ घटाएर प्रतिलिटर ९६ रूपैयाँ कायम गरिएको आयल निगमले जनाएको छ । डिजेल र मट्टीतेलको खुद्रा मूल्य पनि १०,१० रूपैयाँ घटेको छ ।
इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि आयल निगमले मूल्य घटाएको हो ।