logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस संक्रमितको संख्या ९ लाख नाघ्यो, ४७ हजार २ सय ४१ जनाको मृत्यु


अंकुरण खबर
3.172K
Shares

कोरोना भाइरसको महामारीका कारण विश्वभर ४७ हजार २ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै ९ लाख भन्दा बढीमा संक्रमण फैलिएको छ ।

यो भाइरसका कारण एकै दिनमा झण्डै ५ हजार जनाको मृत्यु भएको छ भने, एकै दिन ७६ हजार नयाँ संक्रमित भेटिएका छन् ।

एजेन्सीहरुका अनुसार अमेरिकामा मात्रै विगत २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ। त्यहाँ २६ हजार भन्दा बढी नयाँ संक्रमित भेटिएका छन् । यो सँगै अमेरिकामा मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ भने संक्रमितको संख्या २ लाख १४ हजार पुगेको छ।

त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या ९ हजार ३ सय नाघको छ भने संक्रमितको संख्या १ लाख ४ हजार पुगेको छ। यस्तै इटलीमा हिजो ७ सय २७ जनाको मृत्यु भएसँगै त्यहाँ मृत्यु हुनेको संख्या १३ हजार पुगेको छ।

यो भाइरसको प्रकोप विश्वभर व्यापक फैलिएको छ । यसैगरी १ लाख ९४ हजार २ सय ८६ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।