बिहीबार अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर घटेको छ भने केहीको बढेको छ। आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा तोकेको छ।
आज साउदी रियाल एकको खरिददर ३्२ रुपैयाँ ३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३३ रुपैयाँ २९ पैसा रहेको छ।
त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ९६ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ ६२ पैसा छ। त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ ४० पैसा छ भने बिक्रीदर मूल्य १५० रुपैयाँ १५ पैसा छ।