सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।
लकडाउनको नवौं दिन बुधबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले ३३३ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो । महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये २ सय ९३ दुई पांग्रे र ४० चार पांग्रे रहेका छन् ।
अति आवश्यक काम बाहेक सवारी साधन नचलाउन महाशाखाले आग्रह गरेको छ ।