logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना अस्पतालमा मृत्यु भएकाको शव उठाउन परिवारद्वारा अस्वीकार


अंकुरण खबर
1.586K
Shares

बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुराम थापाको शव चार दिनसम्म उठेको छैन ।

रुपन्देही सैनामैनाका ३४ वर्षीय थापाको आइतबार अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको थियो । सुरुमा कोरोना संक्रमणको आशंका गरिए पनि राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणबाट रिपोर्ट नेभेटिभ आयो । तर, त्रासका कारण आफन्तले अझै शव बुझेका छैनन् ।

मृतककी पत्नी रीताले आफ्ना श्रीमानले उपचार नपाएका कारण ज्यान गुमाउनु परेको बताएकी छन् । कोरोना लागेको भन्दै चिकित्सक र नर्स वरिपरि नै नपरेका कारण उनको मृत्यु भएको आरोप परिवारको छ । थापा रुघा, खोकी र ज्वरो आएपछि अस्पताल गएका थिए ।

आफैं रिक्सा चढेर उपचारका लागि गएका श्रीमानको अस्पतालले उपचार नगरेर मृत्यु भएको रीताको आरोप छ । रीता भन्छिन्, ‘यो हत्या हो, दोषीमाथि कारबाही हुनुपर्छ, अनिमात्र शव उठाउँछौं ।’