नेदरल्यान्डका नागरिक बोकेर मलेसिया एयरलाइन्सको जहाज उडेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेदरल्यान्डका १२२ जना यात्रु बोकेर जहाज युरोपका लागि बिहीवार उडेको हो । लकडाउन लम्बिएपछि नेपालबाट युरोपका धेरै मुलुकले यात्रु उडाइरहेका छन् ।
यसअघि फ्रान्स, जर्मीनी लगायतका युरोपेली देशसहित अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकले पनि आफ्ना नागरिकलाई विमान चार्टर गरेर फिर्ता लगेका थिए ।