logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

टेकु अस्पतालमा उपचाररत कोरोना संक्रमित दुबै जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ


अंकुरण खबर
1.547K
Shares

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड–१९) संक्रमित दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको छ । यससँगै उनीहरुको अस्पताल बसाइ लम्बिएको छ ।

नेपालका दोस्रो र तेस्रो कोरोना संक्रमित बिरामीको मंगलबार थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । दोस्रो रिपोर्ट नेगेटिभ आए उनीहरुलाई डिस्चार्ज गर्ने तयारी थियो ।

तर बुधबार रिपोर्ट पोजेटिभ आएपछि अब दुई दिनपछि फेरि नमुना संकलन गरेर परीक्षण गरिने टेकु अस्पतालले जनाएको छ।

४ चैतमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीय युवती र ६ चैतमा यूएईबाट आएका धादिङका ३४ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालले दिएको जानकारी अनुसार उनीहरु दुवैको स्वास्थ्य अवस्था भने सामान्य छ ।