logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधिसभा सदस्य कमला रोकाद्वारा रुकुम पूर्वलाई थप मेडिकल सामग्री सहयोग


अंकुरण खबर
2.08K
Shares

काठमाडौं – यतिबेला विश्व कोरोना भाइरस (कोभिड-१९) को चपेटामा छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण हजारौको ज्यान गएको छ भने, लाखौ संक्रमित भएका छन् ।

कोरोना भाइरसले विश्वलाई नै प्रभाव पारेको बेला नेपालमा पनि कोरोना भाइरसको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि सतर्कता अपनाइएको छ ।

यसै क्रममा जिल्लामा आवश्यक मेडिकल सामाग्रीको अभाव भइरहेको बेला प्रतिनिधिसभा सदस्य कमला रोकाले रुकुम (पूर्व) मा थप मेडिकल सामाग्री सहयोग गरेकी छन् । विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला प्रतिनिधिसभा सदस्य रोकाले सर्जीकल मास्क, पञ्जा, पीपीई सेट, थर्मल गन पठाएको उल्लेख गरेकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुराको जानकारी गराएकी हुन् ।

हेर्नुहोस् रोकाको फेसबुकमा स्टाटस सहितको फोटो:

जिल्लामा आवश्यक सामाग्रीको अभावको बेला र जनगुनासो पनि भइरहेको बेला प्रतिनिधिसभा सदस्य रोकाको पहलमा थप सामाग्री पुगेको हो । रुकुम (पूर्व) मा कोरोनाको उच्च जोखिम रहेको भन्दै मेडिकल सामाग्री पठाएको र अझै थप मेडिकल सामाग्री पठाउनको लागि मन्त्रालय र विभागमा माग गरिरहेको रोकाले बताएकी छन् ।

यसअघि पनि प्रदेश सरकारले जिल्लामा पीपीई , सेनिटाइजर, मास्क, ग्लोब्स लगाएतका सामाग्री पठाएको थियो ।