logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा ११ जनालाई नियन्त्रणमा लिएर राखियो क्वारेन्टाइनमा


अंकुरण खबर
1.183K
Shares

भारतको नयाँदिल्लीमा सम्पन्न धार्मिक सभामा सहभागी भएर फर्किएका ११ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिएको छ।

नयाँदिल्लीमा केही दिनअघि सम्पन्न मुस्लिम धार्मिक सभामा सहभागी भएर फर्किएका उनीहरुलाई पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरु सबैलाई १४ दिनको क्वारेन्टाइनमा पठाइएको पर्सा प्रहरीले जनाएको छ।

दिल्लीस्थित निजामुद्दीन क्षेत्रमा भएको उक्त धार्मिक सभामा भारत र अन्य मुलुकबाट हजारौं मानिस पुगेका थिए। नेपालका पनि विभिन्न जिल्लाका मानिस गएका थिए।

धार्मिक कार्यक्रमकै कारण भारतका २० भन्दा बढी राज्यमा कोरोना भाइरस फैलिएको दाबी भारतीय सञ्चारमाध्यमहरूले गरेका छन्।

सभामा सहभागी २० नेपाली दिल्लीस्थित विभिन्न क्वारेन्टाइनमा राखिएका छन्।