logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आकस्मिक बिरामीको उपचार गर्न सबै अस्पताललाई निर्देशन


अंकुरण खबर
728
Shares

नेपाल मेडिकल काउन्सिलले कुनै पनि आकस्मिक बिरामीलाई नर्फकाउन अस्पतालहरुलाई निर्देशन दिएको छ।

आकस्मिक अवस्थामा आएका बिरामीलाई सोही अस्पतालमा उपचार गर्न काउन्सिलले निर्देशन दिएको हो।

विहिबार विज्ञप्ती जारी गर्दै काउन्सिलले अस्पतालमा उपचार सम्भव नभएमा मात्रै कारण खुलाएर अन्य अस्पतालमा रिफर गर्नुपर्ने बताएको छ।

लकडाउनको समयमा ज्वरो आएका बिरामीको उपचार गर्न कठिनाई भएको, कोरोना भाइरसको आशंकामा बिरामी नहेरेको, आकस्मिक उपचारसमेत नगरेको भन्ने समाचारहरु आएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै रिफर गर्दा कारण खुलाएर मात्र गर्न निर्देशन दिएको हो।

साथै बिरामीलाई पठाइने अस्पतालसँग पनि समन्वय गर्नुपर्नेछ। काउन्सिलले आवश्यकता अनुसार व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गर्न पनि निर्देशन दिएको छ।