logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेडिकल सामग्री लिन वाइडबडी जहाज ग्वाङजाओतर्फ


अंकुरण खबर
4.719K
Shares

छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ ।

कोरोना भाइरस (कोडिभ-१९) को औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर आजै राति काठमाडौं फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिए ।

यसअघि बुधबार अष्ट्रेलियन र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुँदै अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको निगमको अर्को वाइड बडी जहाज पनि आजै राति फर्कने उडान तालिका रहेको छ ।

देश लकडाउनको अवस्थामा निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । यसअघि चैत १६ गते निगमको वाइडबडी जहाजले ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियो ।