logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको छैटौं संक्रमित बागलुङकी ६५ वर्षीया वृद्धा (अपडेट)


अंकुरण खबर
1.131K
Shares

नेपालको छैटौं कोरोना संक्रमित महिला बागलुङको भएको खुलेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पाइएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार पत्रकार सम्मेलन गरी गरेको हो ।

कोरोना संक्रमणको नतिजा पोजेटिभ आएको बिरामी बागलुङकी ६५ वर्षकी वृद्धा महिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका छन् ।

घरमै क्वारेन्टाइनमा बसेका उनलाई अब पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा ल्याएर उपचार गर्ने तयारी भइरहेको जनाइएको छ।

उनी नेपालको दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षकी युवती आएकै कतार एयरवेजको क्युआर ६५२ मै चैत ४ गते नेपाल आएकी थिइन् ।