logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना पुष्टि भएकी ६५ वर्षीया महिलाको उपचार सुरु, अवस्था सामान्य


अंकुरण खबर
923
Shares

कोरोना संक्रमण पुष्टि भएकी बागलुङकी ६५ वर्षीया महिलाको धौलागिरी अञ्चल अस्पतालमा उपचार शुरु गरिएको छ । उनको अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

होम क्वारेन्टाइनमा बस्दै आएकी उनलाई कारोना संक्रमण पुष्टि भएपछि हिजो नै आइसोलेसन वार्डमा भर्ना गरिएको हो । उनी चैत ४ गते बेल्जियम हुँदै कतारको दोहाबाट नेपाल आएकी थिइन ।

बेल्जियममा रहेकी छोरीलाई भेटेर दुई सातामै नेपाल फर्किएकी महिलामा कुनै लक्षण नदेखिएको भन्दै उनको स्वावको नमुना संकलन गरिएको थिएन । बागलुङमा जोखिम बढ्दै गएपछि एउटै विमानमा आएका बागलुङका चारैजनाको स्वाब परीक्षणका लागि दबाब बढेपछि नमुना पठाइएको थियो ।

संक्रमित बाग्लुङकै अर्की युवती र उनी सवार विमानमा आएका जिल्लाको ढोरपाटनका एक युवा र बागलुङ नगरपालिकाकै अर्का युवकको रिपोर्ट भने नेगेटिभ आएको छ ।

यसअघि कतार एयरवेजको फ्लाइट नम्बर ६५२ बाट नेपाल आएका दुई युवतीमा पनि संक्रमण भेटिएको थियो ।